१ कार्तिक २०८३, आइतबार

सबै भन्दा बढी मोदी व्यस्त, यस्तो छ उनको बुधबारको दौडधुप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi-in-kathmanduकाठमाडौँ, १० मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधकार पनि व्यस्त रहनु हुने भएको छ ।

१८ औं सार्क शिखर सम्मेलनको उद्घाटन समारोह सकिएपछि सार्क राष्ट्रका प्रमुखहरुसँगै होटल सोल्टी क्राउन प्लाजातर्फ लाग्नु भएका मोदी त्यहाँ साइडलाइन बार्तामा व्यस्त बन्नु हुने भएको छ ।

मोदी दिउँसो साढे २ बजेदेखि नै व्यस्त रहनु हुने कार्यक्रम छ । उहाँले सबै भन्दा पहिला  अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँग साइडलाइन वार्ता गर्ने कार्यक्रम छ ।

त्यसपछि उहाँले दिउँसो सवा तीन बजे बंगलादेशकी प्रधामन्त्री शेख हसिनासँग र  ४ बजे भुटानी प्रधानमन्त्री थेस्रिङ तोब्गेसँग साइडलाइन वार्ता गर्ने कार्यक्रम छ ।

उहाँले पौने ५ बजे श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षसँग र साढे ५ बजे माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमिनसँग वार्ता गर्नुहुने छ ।

उहाँले बुधबार नै सबै राष्ट्र÷सरकार प्रमुखसँगै नेपालका  राष्ट्रपति डा. रामबरण यादवसँग भेट्ने कार्यक्रम छ । त्यसपछि  प्रधानमन्त्री सुशील कोइरालाले आयोजना गरेको  अतिथि राष्ट्रका प्रमुखहरुका लागि  डिनर कार्यक्रममा मोदी सहभागी हुनुहुने छ ।