१ कार्तिक २०८३, आइतबार

सार्क सम्मेलनमा पर्यवेक्षकले सम्वोधनका क्रममा के–के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Saarc_conference_557977342काठमाडौँ, १० मंसिर । सार्कको उद्घाटन सत्र समारोहको समापन भएको छ ।

सार्कको उद्घाटनका क्रममा सार्क राष्ट्रका राष्ट्र/सरकार प्रमुखले सम्वोधन सकेपछि विभिन्न राष्ट्रबाट आउनु भएका पर्यवेक्षकले सम्वोधन गर्नु भएको थियो ।  ।

यूरोपियन यूनियन पर्यवेक्षक टोली प्रमुख रेन्स्जे तेरिन्कले सम्वोधनका क्रममा सार्क राष्ट्रको उद्देश्य पूर्तिको लागि यूरोपियन युनियनको सहयोग रहने बताउनु भयो ।

अमेरिका पर्यटवेक्षक टोली प्रमुख निसा देसाईले सार्क क्षेत्रका लागि अमेरिकी सहयोग निरन्तर रहने विश्वास मन्तव्य व्यक्त गर्नुभयो । चिनियाँ उप विदेशमन्त्रीले सार्क राष्ट्रहरुसँग सहकार्यको लागि चीन तयार  रहेको बताउनुभयो ।

म्यानमारका पर्यवेक्षकले वातावरण संरक्षण, गरिबी उन्मुलन, कृषि, ऊर्जा विकास र आतंकवाद नियन्त्रणमा जोड दिनुभयो । दक्षिण कोरियाली पर्यवेक्षकले पनि सम्वोधन गर्नुभयो ।

जापानी विदेश मन्त्रीको सन्देश जापानी राजदूतले पढेर सुनाउनु भएको थियो भने कोरियाली उपविदेशमन्त्री पनि मन्तव्य राख्नुभयो ।
त्यसैगरी सार्क राष्ट्रलाई ऊर्जा विकासमा सहयोग गर्न  इरान तयार रहेको अब्बास अखाउन्डीले बताउनुभयो ।
सबै पर्यवेक्षक देशका प्रतिनिधि मण्डलका प्रमुखहलाई ५ मिनेटको समय दिइएको थियो । अष्ट्रेलियाली पर्यवेक्षकले पनि सम्बोधन गर्नुभयो ।

पर्यवेक्षकको सम्वोधन अघि सार्क महासचिव अर्जुनबहादुर थापाले मन्तव्य राख्दै सार्क सचिवालयले गरेका गतिविधिबारे संक्षिप्त प्रकाश पार्नुभएको थियो ।