काठमाडौं, २४ मंसिर । कैलाली क्षेत्र नम्बर ५ मा वाम गठबन्धनका उम्मेदवार नारदमुनी राना विजयी भएका छन् । उनले प्रधानमन्त्री पत्नी एवं कांग्रेस नेतृ डा आरजु राणा देउवालाई ४ हजार ८८० मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।
प्राप्त नतिजाअनुसार कैलाली ५ मा एमाले नेता नारदमुनीले २७ हजार २०२ प्राप्त गरे । प्रतिस्पर्धी आरजुले २२ हजार ३२२ मत ल्याएर पराजित भइन् ।
कैलाली ५ मा कांग्रेसबाट उम्मेदवारी दिएपछि आरजुलाई टुरिस्टको आरोप लागेको थियो । यो आरोपपछि आरजुले धनगढीमा ३ करोड घर किनेर आफू स्थानीय भएको देखाएकी थिइन् । तर, जनताको मत अगाडि उनको ३ करोडको घर, पैसा र पावरको केही जोर चलेन ।

















प्रतिक्रिया