२९ आश्विन २०८३, बिहिबार

सम्पत्ति लिएर श्रीमति अर्कैसँग गएपछि श्रीमानद्वारा आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

divorce-love-buda-budi

संखुवासभा । अाफूले कमाएको सम्पत्ति लिएर श्रीमती अर्कै पुरुषसँग भागेपछि एक पुरुषले  आत्महत्या गरेका छन्।

यही वैशाख २३ गते कतारबाट घर फर्केका मादिमुलखर्क -८ का रत्नमणी अधिकारीले पत्नीको खबर सुनेपछि आत्महत्या गरेका हुन्। सम्पत्ति कुम्लाएर दोस्रो विवाह गर्ने २८ वर्षीया निर्मला खुलाल बुढाथोकीलाई कानुनी कारबाहीको माग गर्दै रत्नका बुबा ६२ वर्षीय गंगाराम अधिकारीले इलाका प्रहरी कार्यालय चैनपुरमा मंगलबार उजुरी दर्ता गराएका छन्।

छोरा रत्नमणी अधिकारीले २ वर्ष कतारमा कमाएको नगद,गहना गरी ५ लाख बढी सम्पत्ति लिई परपुरु षसँग गएपछि सम्पत्ति फिर्ता गराउन र दोषीउपर कानुनी कारबाहीको मागका छन्। बुहारीले सम्पत्ति लिएर गएपछि छोरा रत्नमणीले घरमा बैसाख २३ गते राती झुन्डिएर आत्महत्या गरेका छन्। प्रहरीले आरोपितको खोजीकार्य सुरु गरेको अन्नपूर्ण पोष्टमा खबर छ । पीडित मृतक विवाह गरेपछि बुवाआमाको साथमा छाडेर कमाउन विदेश गएका थिए।