काठमाडौँ, २४ मंसिर । झापा क्षेत्र नम्बर ५ पनि यति बेला निकै चर्चामा रहेको छ । बाम गठबन्धनको नेतृत्व गरिरहको पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ मा उम्मेदवार बनेपछि सबैको ध्यान त्यतैतर्फ केन्द्रित भएको छ ।
झापा ५ मा अध्यक्ष ओली निकै फराकिलो मतान्तरले अग्र स्थानमा रहेको छन् । पछिल्लो मतपरिणाम अनुसार ओली ४९ हजार ६५५ मतका साथ सबैभन्दा अगाडी छन् । दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका खगेन्द्र अधिकारी २५ हजार ९७० मत प्राप्त गर्दै ओली भन्दा निकै पछि रहेका छन् । ओली हाल २३ हजार ६८५ मतान्तरसहित लिड गरिरहेका छन् । मतपरिणाम आउने क्रम जारी छ ।















प्रतिक्रिया