२ कार्तिक २०८३, सोमबार

निधिलाई हराएपछि राजेन्द्र महतोले भने, ‘बाम गठबन्धनसँग मिलेर जान्छौँ’

7.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २४ मंसिर । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलनको जित भएको बताएका छन् ।

विजयी भएपछि संचारकर्मीसँग कुरा गर्दै महतोले आफ्नो जितलाई मधेस आन्दोलनतको जितसँग तुलना गरेका हुन् ।

‘यो मधेस आन्दोलनको जित हो, धनुषाको जित हो, सम्पूर्ण मधेसी जनताको जित हो’, महतोले भने, ‘जनकपुर मधेस आन्दोलनको राजधानी भएकाले यहाँबाट मधेसवादी दलले जित्नु भनेको ठूलो उपलब्धी हो ।’ अब संविधान संशोधन र मधेस विकासका लागि आफ्नो प्रयास रहने उनको प्रतिक्रिया छ ।

‘संविधान संशोधनका लागि केन्द्रमा हाम्रो संघर्ष जारी रहन्छ, हामीलाई पूरा विश्वास छ, दुई नम्बर प्रदेशमा हाम्रो सरकार बन्छ, त्यो सरकारमार्फत् हामी विकासको एजेन्डा अघि बढाउछौं’, महतोले भने ।

महतोले धनुषा क्षेत्र नम्बर ३ मा कांग्रेसका विमलेन्द्र निधिलाई पराजित गरेका हुन् । महतोले निधिलाई २९ सय ३ मतान्तरले हराएका थिए । महतोले कुल ३० हजार ७ सय ५० मत पाउँदा निधिले २७ हजार ८ सय ४७ मत पाएका थिए ।

जितपछि महतोले अब केन्द्रमा संविधान संशोधनका लागि वाम गठबन्धनसँग सहकार्य गरेर जाने बताए । ‘हामी केन्द्रमा संविधान संशोधनका लागि वाम गठबन्धन लगायत अन्य दलसँग सहकार्य गरेर जानेछौं’, महतोले भने, ‘संविधानमा छुटेका अधिकारहरू दिलाउन हाम्रो प्रयास रहनेछ, हाम्रो संवैधानिक अधिकारको सुनिश्चितताका लागि हामी वाम गठबन्धन र अन्य सबै दलहरूसँग सहकार्य गर्न तयार छौं ।’