काठमाडौं, २४ मंसिर । धनुषाको क्षेत्र नं ३ मा राजपा नेपालका राजेन्द्र महतो विजयी भएका छन् ।
आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई भारी मतले पछि पार्दै महतोले चुनाव जितेका हुन् ।
शनिबार मध्यरातमा सम्पन्न भएको निर्वाचन मतपरिणाममा राजेन्द्र महतो ३० हजार ७ सय ४२ मत सहित निर्वाचित भएका छन् ।
महतोका प्रतिस्पर्धी कांग्रेसका नेता निधिले २७ हजार ८ सय २८ मत ल्याएका छन् । माओवादी केन्द्रका रामसिंह यादवले १६ सय ६१ मत पाएका छन् ।
















प्रतिक्रिया