१ कार्तिक २०८३, आइतबार

दक्षिण एशियाका देशहरु आपसमा लड्ने होइन साझा समस्याविरुद्ध एकजुट होऔँः सरिफ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nawaz_sharif_Pakistani_PM_1_629577247काठमाडौँ, १० मंसिर । काठमाडौँमा जारी १८ सार्क शिखर सम्मेलनलाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले दक्षिण एशियाको आर्थिक विकासका लागि मध्य एशियाका साथै चीनको सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।

उहाँले दक्षिण एशियाले आगामी दिनमा गरिबी, अशिक्षा, बेरोजगारीलगायतका विरुद्धमा संयुक्त रुपमा लड्ने अठोट समेत व्यक्त गर्नुभयो ।

उहाँले दक्षिण एशियाका देशहरु आपसमा लड्ने भन्दा पनि यहाँका साझा समस्याविरुद्ध एकजुट भएर अघि बढ्नु पर्ने सुझाव दिनुभयो ।