२ कार्तिक २०८३, सोमबार

५ नं. प्रदेशको मुख्य मन्त्रीका दाबेदार एमालेका शंकर पोख्रेल निर्वाचित

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेल दाङ निर्वाचन क्षेत्र नं. २ ‘१’ को प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

शनिबार बिहान सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार पोखरेल प्रतिष्पर्धीभन्दा ९ हजार ५ सय २५ मत बढी प्राप्त गरी विजयी भएका हुन् ।

वाम गठवन्धनका उम्मेदवार पोखरेललाई २० हजार ६ सय ९४ मत प्राप्त हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलकिशोर घिमिरेलाई ११ हजार १ सय ६९ मत मात्रै प्राप्त भएको थियो ।

निर्वाचन क्षेत्र नं. २ को ‘१’ मा ५१ हजार ७ सय मतदाता रहेकोमा ३५ हजार ५ सय ४२ मत खसेको थियो ।

एमालेका पोखरेललाई वाम गठबन्धनले प्रदेश नं. ५ को मुख्य मन्त्रीको रूपमा निर्वाचनमा खडा गरेको थियो ।