१ कार्तिक २०८३, आइतबार

मोदीको भनाइबाट एमाओवादीको ‘मनोबल उच्च’, काँग्रेस र एमालेसँग के भन्छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi-Prachanda-Baburam

काठमाडौँ, ९ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र एनेकपा माओवादीका नेताहरुबीच मंगलबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री मोदी बस्नुभएको होटल सोल्टीमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, जारी संविधान निर्माण प्रक्रियालगायतमा छलफल भएको थियो ।

भेटमा शान्ति प्रक्रिया सम्पन्न भएपछि नेपाल आर्थिक क्रान्तितर्फ अग्रसर रहेकाले त्यसलाई सघाउन प्रधानमन्त्री मोदीसँग आफूहरुले आग्रह गरेको एमाओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले जानकारी गराउनुभयो ।

भेटका क्रममा प्रधानमन्त्री मोदीले आफूहरुले उठाउँदै आए झैँ सहमतिका आधारमा संविधान जारी हुनुपर्नेमा जोड दिनुभएको महासचिव कृष्णबहादुर महराले बताउनुभयो ।

मोदीको भनाइबाट आफूहरुको मनोबल उच्च भएको र कुनै पनि हालतमा सहमतिभन्दा बाहिरबाट संविधान बन्नुहुँदैन भन्ने कुरालाई थप बल पु¥याएको नेता महराले बताउनुभयो ।

भेटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव महरा र नेता टोपबहादुर रायमाझी सहभागी हुनुहन्थ्यो । रासस

काँग्रेस र एमालेका शीर्ष नेतासँग पनि भेटवार्ता

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाली काँग्रेसका शीर्ष नेताहरूले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री मोदी बस्नुभएको होटल सोल्टीमा मंगलबार साँझ भएको सो भेटवार्तामा नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, सहमहामन्त्री पूर्णबहादुर खड्का र कोषाध्यक्ष एवम् चित्रलेखा यादव सहभागी हुनुहुन्थ्यो ।

भेटपछि महामन्त्री सिटौलाले भारतीय प्रधानमन्त्री मोदीलाई नेपालको संविधान निर्माणमा हालसम्म भएको प्रगति, दलबीचको वार्ता र सहमतिका लागि भइरहेका प्रयासलगायत समसामयिक विषयमा जानकारी गराइएको बताउनुभयो ।

भेटमा प्रधानमन्त्री मोदीले सबै राजनीतिक दलको सहमतिमा तोकिएकै समयसीमाभित्र लोकतान्त्रिक संविधान जारी गर्ने कार्यमा सफलता मिलोस् भनी शुभकामना दिनुभएको जनाइएको छ ।

एमालेसँग यस्तो रह्यो भेट

त्यस्तै भारतीय प्रधानमन्त्री मोदीसँग नेकपा (एमाले)का अध्यक्षसहित शीर्ष नेताहरूले होटल सोल्टीमा गरेको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी चासो र समसामयिक विषयमा केन्द्रित रहेर कुराकानी भयो ।

भेटवार्तामा एमाले टोलीले संविधानसभाको निर्वाचनका समयमा जनतासँग प्रतिबद्धता गरिएअनुसार बाँकी समयभित्र सबै राजनीतिक दललाई मिलाएर संविधान लेखनको जिम्मेवारी पूरा गरिनेमा प्रधानमन्त्री मोदीलाई आश्वस्त तुल्याएको पार्टी उपाध्यक्ष वामदेव गौतमले जानकारी दिनुभयो ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को अठारौँ सम्मेलनमार्फत पनि दक्षिण एसियाली क्षेत्रमा विकास र समृद्धि ल्याउन तथा सोका लागि मिलेर काम गर्न दुवै पक्षबीच विचारको आदानप्रदान भएको उहाँले जानकारी दिनुभयो ।

भेटमा भारतीय प्रधानमन्त्री मोदीले संविधानसभाले तय गरेको कार्यसूचीभित्रै रहेर सबैलाई मिलाएर संविधान लेखनको जिम्मेवारी पूरा गर्न एमाले टोलीलाई सुझाव दिनुभयो ।

ेटवार्तामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्षत्रय गौतम, विद्यादेवी भण्डारी र भीमबहादुर रावल, उपमहासचिव विष्णुप्रसाद पौडेल र सचिव प्रदीप ज्ञवाली सहभागी हुनुहुन्थ्यो ।