काठमाडौं, २३ मंसिर । गुण्डा नाइके भनेर चिनिएका राजीव गुरूङ (दीपक मनाङे) ले जितपछि एमाले प्रवेश गर्नेबारे नसोचेको बताएका छन् ।
मनाङेले भने, ‘रातभरको निद्राले थकित भएका छौं । एमाले प्रवेशबारे मैले केही सोचेको छैन ।’
मनाङ प्रदेश सभा ‘ख’बाट स्वतन्त्र उम्मेदवार बनेका मनाङे विजयी भएका हुन् । मनाङेले १४१० मत पाए भने उनका प्रतिष्पर्धी कांग्रेसका कर्मा गुरूङले १०२० मत ल्याए ।
मनाङेले स्वतन्त्र उम्मेदवारी दिए पनि उनलाई सघाउन एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएको थियो ।















प्रतिक्रिया