२ कार्तिक २०८३, सोमबार

कांग्रेसले मनाङबाट प्रदेशमा खाता खोल्यो

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । कांग्रेसले मनाङबाट जितको खाता खोलेको छ । कांग्रेसका चिन्तबहादुर घलेले मनाङको प्रदेश सभा ‘क’ बाट जित हात पारेका हुन् ।

विजयी घलेले ९ सय ९८ मत प्राप्त गरे । निकटतम् प्रतिद्वन्द्वी एमालेका धोर्जे डण्डुल गुरुङलाई १०२ मतअन्तरले हराउँदै उनी विजयी भएका हुन् ।

एमालेका धोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत पाएका हुन् ।

मनाङको प्रदेश सभा ‘ख’मा भने एमालेको समर्थन पाएका राजीव गुरुङ (दीपक मनाङे) जितेका छन् । प्रतिनिधिसभामा भने एमालेका पाल्देन छोपाङ गुरुङ विजजी भएका छन् ।