पोखरा, २२ मंसिर । मुस्ताङ जिल्लाको प्रतिनिधी र प्रदेश सभा दुबैमा एमालेले जितेको छ । मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा एमालेका प्रेमप्रसाद तुलाचन विजयी भएका छन् ।
उनले ३ हजार ५ सय ४४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रोमी गौचन थकालीले ३ हजार १ सय ८१ मत पाएका छन् ।
मुस्ताङको प्रदेशसभा ‘क’ मा एमालेकै र्इन्द्र धारा डादु विष्टले १ हजार १ सय २७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मिक्युरबहादुर गुरूङले ६ सय ५७ मत ल्याए ।
प्रदेश सभा ‘ख’मा एमालेका महेन्द्रप्रसाद थकाली विजयी भएका छन् । उनले २ हजार५ सय ८४ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ दावा गुरूङले २ हजार २ सय ५९ मत पाएका छन् ।
०७० सालको संविधान सभामा मनाङमा कांग्रेस विजयी भएको थियो ।















प्रतिक्रिया