लहान, ९ मङ्सिर । प्रहरीको गस्ती टोलीले आज बिहान सिरहाको मार्डर–६ बाट एक हजार २०० किलोग्राम अवैध सुपारी बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय मार्डरबाट खटिएको प्रहरी टोलीले सवारी जाँचका क्रममा स१च ७२३ नम्बरको महेन्द्रा पिकअपमा लादेर अवैध रुपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा करिब रु दुई लाख २० हजार मूल्यबराबरको सुपारी बरामद गरेको हो ।
सुपारीसँगै सुपारी लादिएको पिकअपका चालक सिरहा चन्द्रअयोध्यापुर–१ निवासी २७ वर्षीय दिलीपकुमार मण्डललाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक लक्ष्मण गिरीले जानकारी दिनुभयो ।
बरामद सुपारी आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको गिरीले बताउनुभयो ।













प्रतिक्रिया