२ कार्तिक २०८३, सोमबार

मतदान सकिएलगत्तै यस्तो आयो एमाले अध्यक्ष ओलीको प्रतिक्रिया

7.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २१ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब देश राजनीतिक स्थिरताको बाटामा अघि बढेको बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री ओलीले भक्तपुर क्षेत्र नं २ अन्तर्गत महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले एक्लैको बहुमत आउने र बाम गठबन्धनको दुई तिहाई आउने जिकिर गर्नुभयो । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका उहाँले मतदाता नामावली भने भक्तपुरमा छ ।

नेता ओलीले भन्नुभयो, “ देश अब विकास र समृद्धिमा अगाडि बढ्छ, निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योललाई चिर्दै आज निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ, यो ठूलो उपलब्धि हो ।” उहाँले चुनाव सार्ने प्रधानमन्त्री शेरबहादुर देउवाले अनेकौँ प्रयास गरेको र त्यो प्रयास असफल भएको टिप्पणी गर्दै भन्नुभयो, “प्रधानमन्त्रीले चुनाव सार्न अनेकाँै प्रयास गर्नुभयो, आफ्ना सहयात्रीलाई अदालत धाउन लगाउनेदेखि मतपत्र छाप्न नभ्याउनेसम्मका अनेक समस्या खडा गर्नुभयो तर हामीले चुनावबाहेक अरु कुरामा ध्यान दिएनौँ, अन्ततः चुनाव सम्पन्न भयो ।”

चुनावको बेला सयौँ ठाउँमा बम पड्काएर व्यक्तिको हत्या गर्नेदेखि उम्मेदवार घाइते बनाउनेसम्मका काम हुँदा पनि सरकारले बम कसले पड्काएको हो भन्न नसकेको भनी आलोचना गर्नुभयो । उहाँले देशले छिट्टै नयाँ सरकार पाउने बताउँदै वाम गठबन्धनको एकतालाई पनि पूर्ण रुप दिइने बताउनुभयो । रासस