डोल्पा (त्रिपुराकोट), ९ मंसिर । गत बिहीबार जाजरकोट सदरमुकामदेखि सुर्खेतको राकमका लागि छुटेको बस दुर्घटनामा परी निधन भएका शिक्षकको शोकमा आज डोल्पाका सबै शैक्षिक संस्था बन्द गरिएका छन् ।
माथिल्लो डोल्पाको धो गाविसस्थित क्रिस्टर माउन्टेन निमाविमा अध्यापन गराउँदै आएका चितवन मछौलीका ५१ वर्षीय रुद्रबहादुर गुरुङ, सोही विद्यालयमा अध्यापन गराउँदै आएका मीनबहादुर विकलगायतका पाँचजना शिक्षक रहेको शिक्षक युनियन डोल्पाका उपाध्यक्ष हेमराज हमालले बताउनुभएको छ ।
बाँकी तीनजनाको बस टिकट पनि रुद्र गुरुङकै नाममा लिएको देखिएकाले अरुको सनाखत नभएको उहाँले बताउनुभयो ।
उहाँहरूको शोकमा आज डोल्पाका १०० वटा प्रावि, १५ वटा निमावि, ११ वटा मावि चारवटा उमावि, दुईवटा क्याम्पस, ७८ वटा प्रारम्भिक बालविकास केन्द्र गरेर जम्मा २१० वटा शैक्षिक संस्था बन्द गरिएका छन् । रासस















प्रतिक्रिया