२ कार्तिक २०८३, सोमबार

काठमाडौँका मेयर शाक्यमाथि आक्रमणको प्रयास, हेर्नुहोस् भिडियो

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ मंसिर । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई काँग्रेसका कार्यकर्ताहरुले आक्रमणको प्रयास गरेका छन् । मेयर शाक्यलाई काठमाडौँ क्षेत्र नम्बर–९ का काँग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितका छोरा युरिक रञ्जितले आक्रमणको प्रयास गरेका हुन् ।

काठमाडौँ महानगरपालिका वडा नम्बर–२१ को लगनटोल नजिक शाक्यलाई ध्यानगोविन्दका छोराले दुव्र्यवहार गर्दै आक्रमणको प्रयास समेत गरेपछि सुरक्षाकर्मीले जोगाएका थिए । मेयर शाक्य मतदातासँग कुराकानी गरिरहेका बेला युरिकले एक्कासी आक्रमणको प्रयास गरेका हुन् । सुरक्षाकर्मीले सतर्कता अपनाएपछि आफू आक्रमणबाट बचेको मेयर शाक्यले बताए । मेयर शाक्यले भने, ‘मलाई दुव्र्यवहार गर्दै उहाँसहित केही व्यक्तिले आक्रमणको प्रयास गरेका थिए ।’

वडा नम्बर २१ का वडाध्यक्ष उदयचुडामणि बज्राचार्यलाई पनि उनले हातपातको प्रयास गरेका थिए । एमालेले क्षेत्र नम्बर–९ मा काँग्रेस हार्ने निश्चित भएपछि आक्रमणमा उत्रिएको आरोप लगाएको छ ।

https://www.facebook.com/221905097877825/videos/1478218482246474/