काठमाडौँ, २० मंसिर । आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसीपअन्तर्गत अन्तिम चरणको युएईसँगको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको छ । नेपालले दिएको २२२ रनको विजय लक्ष्य पछ्याएको युएईले ४५ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्यायो ।
युएईलाई जिताउन साबिरले अभिजित ८१ रन बनाए । त्यस्तै, मुस्ताफाले ६२ तथा सहजादले ३७ रनको पारि खेले ।
नेपालका लागि सरद भेषवाकर र सन्दीप लामिछानेले १/१ विकेट लिए ।
यसअघि टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २२१ रन बनायो । नेपालका लागि शरद भेषावकर र उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकको पारि खेलेपनि नेपाललाई जित दिलाउन सकेनन् । नेपालका लागि शरद भेषावकरले ५ चौकाको मद्यतले अविजित सर्वाधिक ८१ रन बनाए । यस्तै ओपनर ज्ञानेन्द्र मल्ले ५४ रन जोडे । कप्तान पारस खड्का र सोमपालले समान २० तथा दीलिप नाथले १६ रन बनाए भने बसन्त रेग्मी १४ रन जोडे ।
युएईका जहुर खानले २ तथा रहिम मुस्तफा, अहमद राजा र मोहम्मद नभीदले १/१ विकेट लिए ।















प्रतिक्रिया