२ कार्तिक २०८३, सोमबार

वटानिया एयरवेजद्वारा काठमाडौँदेखि कुवेतसम्म सिधा उडान शुरु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० मंसिर । कुवेतको निजी स्वामित्वमा रहेको वटानिया एयरवेजले बुधबारबाट त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थलमा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ । सेवा सञ्चालनसँगै वटानिया कुवेतदेखि नेपालसम्म सिधा उडान सञ्चालन गर्ने पहिलो कम्पनी बनेको छ ।

यो सेवाको उद्देश्य कुवेती जनतालाई नेपालमा पर्यटनका लागि प्रोत्साहन गर्नु तथा नेपालबाट कुवेतमा कामका लागि जाने जनतालाई समस्यारहित सुलभ सेवा सुपथ मुल्यमा उपलब्ध गराउने रहेको छ । वटानियाले आफ्नो सेवाको सुरुवाती समयमा कुवेत सम्मको दैनिक उडानका लागि २३ हजार भाडा निर्धारण गरेको छ ।

तीन ए–३२० विमान सहितको वटानिया एयरवेजले विश्वभरका ११ गन्तव्य सम्मका लागि हवाई सेवा उपलब्ध गरिरहेको छ । साथै, कम्पनीको काठमाडौँबाट दोहा, बहराइन, बाकु र अन्य विभिन्न स्थानका लागि सहज सञ्जाल विस्तार गरिएको छ ।

‘नयाँ उडान सेवाको आगमनले नेपालको पर्यटन क्षेत्र तथा नेपालीलाई उल्लेख्य सहयोग प्राप्त हुनेछ’ वटानिया एयरवेज, काठमाडौँका लागि स्टेशन म्यानेजर रुपेश झाले भने, ‘यसले नेपालीलाई कुवेतमा कामको थप अवसर समेत प्राप्त हुने हामीलाई विश्वास छ ।’