२ कार्तिक २०८३, सोमबार

नेइमारको टिम पीएसजी हारेर पनि समूह विजेता

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० मंसिर । विश्वका महंगा खेलाडी नेइमारको टिम पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा जर्मन क्लब बार्यन म्युनिखसँग पराजित भएको छ । बायर्नले पीएसजीलाई ३–१ गोलअन्तरले हराएको हो ।

पराजित भए पनि पिएसजी समूह ‘बी’ को विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । बायर्न र पेरिसको समान १५ अंक भएपनि गोल अन्तरको आधारमा पेरिस समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । बार्यनलाई जित दिलाउन रोबर्ट लेवानडोस्कीले एक तथा कोरेन्टिन टुलिसोले दुई गोल गरे । त्यस्तै, पिएसजीका केलियन एमबाप्पेले एक गोल फर्काएका थिए ।