१४ कार्तिक २०८३, शनिबार

किन किन्दैछ सेनाले ७ हेलिकोप्टर?

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । सरकारले नेपाली सेनाका लागि ७ वटा हेलिकप्टर तथा जहाज खरिद गर्न स्वीकृति दिएको छ ।

विपत् व्यवस्थापन, हवाई सैनिक तालिम, भीभीआइपी उडान, कार्गोलगायत प्रयोजनका लागि सेनाले साना ठूला गरी ७ वटा सैन्य विमान तथा जहाज खरिद अनुमति पाएको हो । कारोबार दैनिकले समाचार छापेको छ ।

सरकारले एउटै आर्थिक बर्षमा यतिधेरै जहाज खरिद गर्न लागेको पहिलो पटक हो ।

सैनिक मुख्यालयले थप २ वटा एम आई १७ हेलिकप्टर खरिदका लागि रक्षा मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ ।  यी सबै हेलिकप्टर तथा जहाज सार्वजनिक खरिद ऐन र नियमावलीका प्रावधानहनुसार ग्लोबल टेन्डरबाट किन्न लागिएको सेनाले जनाएको छ ।

कहाँबाट कति खरिद?

  • इटालियनः २ (१४ सिट)
  • इन्डोनेसियाः २ (ट्रेनर जहाज)
  • फ्रान्सः १ (फिक्स्ड विङ/ कार्गो)
  • अमेरिकाः बेल (६ सिट) र इकुरेल (४ सिट)