२ कार्तिक २०८३, सोमबार

बुहारी हत्या गरेर फरार ससुरा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatkadiगौशाला, ९ मंसिर । आफ्नै बुहारीलाई हत्या गरी फरार रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको रतौली गाविस–६ बस्ने ५४ वर्षीय जीबछ मण्डल रहेको जिल्ला प्रहरीले जनाएको छ ।

गत साउन ८ गते राति रतौली–६ मा नवविवाहिता मिन्टुदेवी मण्डललाई मोटरसाइकल र गोदरेज दाइजोमा नदिएका कारण पति रञ्जित मण्डलसहित पाँचजनाले मिलेर हत्या गरेको मृतकका काका रामदेव मण्डलले कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएपछि ससुरा जीबछ मण्डललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

आफ्नी भतिजी मिन्टुलाई पति रतौली–६ बस्ने रञ्जित मण्डल, ससुरा जीवछ, सासू, नन्द र नन्दको पति सन्तोष मण्डलसहित मिलेर हत्या गरेको आरोप उनका काका रामदेवको छ ।

घटनामा संलग्न अन्य पाँचजना फरार आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मिन्टुको शव हत्या गरिएको अवस्थामा निजको घरभन्दा सय मिटर पश्चिममा पानीले भरिएको खेतमा रहेको आँपको रूखमाथि झुन्ड्याएको अवस्थामा फेला परेको थियो ।