२ कार्तिक २०८३, सोमबार

शीर्ष नेताहरु कसले कहाँ गर्दै छन् अन्तिम चुनावी सम्बोधन?

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ मंसिर । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि प्रचारप्रसारको लागि आज सोमबार अन्तिम दिन हो । आज राति १२ वजेबाट मौन अवधि सुरु हुँदैछ । मौन अवधिको समयमा निर्वाचन हुने ४५ जिल्लामा कुनै पनि किसिमको चुनावी प्रचारप्रसार गर्न पाइदैन ।

यस्तोमा दलहरु आज अधिकतम प्रचारप्रसार गर्ने योजनामा छन् । आज नै दलका शीर्ष नेताहरु विभिन्न स्थानबाट अन्तिम पटक सम्बोधन गर्दैछन् ।

काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरामा अन्तिम चुनावी सभालाई सम्बोधन गर्ने छन् । सम्बोधनपछि देउवाले घरदैलो पनि गर्ने कार्यक्रम रहेको छ । उनी बिहीबार मतदान सकेर मात्रै काठमाडौँ फर्किने छन् ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज काठमाडौँका क्षेत्र नम्बर ३, ४, ५ र दिउँसो भक्तपुर–२ मा हुने विभिन्न चुनावी कार्यक्रमहरुमा व्यस्त हुनेछन् । उनले भक्तपुरबाट मतदान गर्दैछन् । ओली भोली झापा पुगेर भोली नै काठमाडौँ फर्किनेछन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आफ् क्षेत्र चितवन क्षेत्र नम्बर तीनलगायतका विभिन्न स्थानमा हुने कार्यक्रममा संबोधन गर्नेछन् । प्रचण्डले आज भरतपुर महानगरपालिकामा गाडीको हुटमा बसेर जनतालाई अभिवादन गर्ने कार्यक्रम पनि रहेको छ ।