२ कार्तिक २०८३, सोमबार

खगराज भट्ट भन्छन्, ‘नैतिकरुपमा देउवाको २७ वर्षे विरासत ०६४ सालमै तोडेको हुँ’

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– राजेन्द्र ठगुन्ना
डडेल्धुरा, १८ मंसिर । प्रतिनिधीसभा र प्रदेशसभा सदस्य निर्वाचन केही दिन मात्रै बाँकी रहँदा डडेल्धु्रा जिल्लाको माहोल चुनावी सर्गमी बढेको छ । विभिन्न राजनैतिक दलका उमेदवारहरुले चुनावी प्रचारप्रसारलाई तिव्र बनाएका छन् ।

संसदीय निर्वाचनमा अपराजित रहँदै आएका प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा यसपटक पनि गृहजिल्लाबाट चुनावी प्रतिस्पर्धामा रहेका छन् भने देउवाको प्रतिस्पर्धी बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य खगराज भट्ट पनि यस पटकको निर्वाचनको नतिजालाई आफ्नो पक्षमा पार्नका लागी आक्रामक रुपमा चुनावी अभियानमा लागेका छन् ।

दुई पटक देउवासंग चुनावी प्रतिस्पर्धामा पराजित भएका भट्ट तेश्रो पटक पनि देउवासंग नै चुनावी प्रतिस्पर्धामा आउनुलाई आम कार्यकर्ताहरुले खगराज भट्ट प्रति ठूलो साहनुभुति प्रदान गरिरहेका छन् भने बहालवाला प्रधानमन्त्री एवं पार्टीको केन्द्रिय सभापति शेर बहादुर देउवाको साख जोगाउनका लागी नेपाली काग्रेसका नेता तथा कार्यकर्ताहरुले निकै मिहेनत गरिरहेकाले डडेल्धुराको चुनावी सरगर्मी तिव्ररुपमा अगाडी बढी रहेकोछ ।

२०४८ यताका सबै निर्वाचनमा देउवाले यहीँबाट चुनाव लड्दै र जित्दै आएका र गृह मन्त्री हुदै चार पटक प्रधानमन्त्री समेत भएका देउवाले यस पटकको पनि चुनाव जितेर प्रधानमन्त्री हुने सपना देखेका छन् तर वाम गठबन्धनका उमेदवार खगराज भट्टले ‘नैतिकरुपमा देउवाको २७ वर्षे विरासत ०६४ को निर्वाचनमा तोडेको र यस पटकको चुनाव जित्नेमा ढुक्क रहेको बताउदै आएका छन् ।

बाहलवाल प्रधानमन्त्री शेरबहादुर देउवाको विरासत पहिलो संविधानसभाको निर्वाचनमै आफूले तोडेको भट्टको दाबी छ । भट्टले भने ‘हामीले ०६४ सालमै देउवाको विरासत तोडि सकेको हो, यदी त्यो बेला हामीले मतदाता शिक्षालाई प्रभावकारी बताएका सक्या भए, हाम्रा मतहरु बदर हुँदैन् थिएँ भने, एक्लै माओवादीको उम्मेदवार मैले त्यति बेला नै शेरबहादुरलाई पराजित गरेको हुँ ।’ उनले भने, नैतिकरुपमा र राजनीतिक रुपमा त्यो निर्वाचन हामीले जितेका हौँ । तर कानूनी रुपमा जितेको निर्वाचन शेरबहादुरले २०६४ मा हो, त्यस कारण एक्लै माओवादीले जितेको चुनाव अब वाम गठबन्ध भएपछि त नजित्ने कुरै छन् ।’ हामी चुनाव जित्नेमा ढुक्क छौँ ।’

०४८ सालदेखि डडेल्धुराबाट अनुमोदित हुदै ४ पटक प्रधानमन्त्री भएका शेर बहादुर देउवाले सडकहरुलाई कालोपत्रे गर्ने डडेल्धुरा जिल्लामा मेडिकल कलेज निर्माण गर्न आफ्नो चुनावी एजेण्ड बनाएका छन् तर भीमदत्त राजमार्ग अन्तर्गत पर्ने भातकाँडाबाट आफ्नै गाउसम्म जाने सडक शुरु भएको २० वर्ष पुग्दासम्म कालोपत्रे बनाउन नसक्नले अवको ५ वर्षमा जिल्लाका मुख्य सडकहरुलाई कालोपत्रे गराउछु भन्ने देउवाको कुरा प्रति विश्वास नभएको गन्यापधुरा ३ का धन बहादुर शाहीले बताएका छन् । उनले भने शेर बहादुरले डडेल्धुरामा उपक्षेत्रिय अस्पताल निर्माण भयो उपचारकालागी तराईका अंचल अस्पतालमा विरामीलाई रिफर गर्ने व्यवस्था भयो, डडेल्धुरा बहुमुखि क्याम्पसमा विद्यार्थीहरु भर्ना हुन्छन् महिनौ सम्म क्याम्पसमा तालाबन्दी हुन्छ अनि आफ्नै गाउ जाने सडकको स्तरउन्नती गर्न नसक्नेले सवै ग्रामीण सडकहरुको स्तरउन्नती कसरी गर्न सक्छ ?

देउवा प्रतिस्पर्धी भट्टले समृद्धि र सुशासन,युवा वेरोजगारीको अन्त्यका लागी पश्चिम सेती जलविद्युत आयोजना निर्माणका कुरालाई आफ्नो चुनावी एजेण्डा बनाएर चुनावी एजेण्डा बनाएर चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

शेर बहादुर देउवालाई यस पटकको निर्वाचन जित्नका लागी त्यति सहज नभएको स्वतन्त्र विश्लेषकहरुको बुझाइ रहेको छ ।

विगतका निर्वाचनमा नेकपा एमाले र माओवादीले शेर बहादुर देउवासंग आ–आफ्ना छुट्टा छुटटै उमेदवार बनाएर चुनावी प्रतिस्पर्धा गरिरहेकाले देउवाले सजिलै चुनाव जित्ने गरेका थिए तर यस पटक बाम गठबन्धनका साझा उमेदवारहरुसंग प्रतिस्पर्धा गर्नु पर्ने छ भने अर्कातिर पार्टीको आन्तरिक चिसो पनाले गर्दा केही प्रभावकारी नेताहरुले काग्रेस परित्याग गरि वाम गठबन्धनमा प्रवेश गर्नुले पनि देउवाको लागी यस पटकको निर्वाचन फलामको चिउरा भएको छ ।

पार्टीको पूर्व जिल्ला सभापति शेर बहादुर ढाँट, पूर्व सभापति रामचन्द्र चटौत, पत्रकारीता क्षेत्रमा स्थापित भएका श्याम भट्ट लगायत नेपाली काग्रेस डडेल्धुराभित्र राम्रो छाप रहेका व्यक्तिहरु बामगठबन्धनमा आएका कारणले देउवाले चुनावको परिणाम आफ्नो पक्षमा पार्नका लागी निकै कसरत गर्नु पर्ने देखिन्छ ।

पार्टी सभापति देउवाका लागी नेपाली काग्रेस जिल्ला सम्मेलन हुदै स्थानीय तहको निर्वाचनको समय डडेल्धुरा काग्रेसभित्र बढेको चिसोपना पनि खतराको संकेतका रुपमा रहेको देखिन्छ, नेपाली काग्रेसका जिल्ला सभापति कर्ण मल्ल र पूर्व सभापति रघुबर भट्ट दुवै नेताहरु मिलिसकेको र पार्टीभित्र कुनै प्रकारको विवाद नरहेको बताउदै आएका छन् तर दुवैतर्फका दोश्रोतहका नेताहरुमा भने चिसो पना बढ्दै कार्यकर्ता तहसम्म पुगेको देखिन्छ यिनै कारणहरुले गर्दा देउवाका लागि यस पटकको निर्वाचन घातक हुने देखिएको छ मंसिर २१ गते हुने निर्वाचनमा प्रधानमन्त्री देउवाले डडेल्धुरामा आफ्नो बिरासत बचाउन सक्लान त ?