१ कार्तिक २०८३, आइतबार

नेपाली बजारमा आइफोन टेन, कति पर्छ मूल्य ?

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले आइफोन टेन (एक्स) शुक्रबारदेखि नेपाली बजारमा ल्याएको छ ।

कम्युनिकेसनका अनुसार आइफोन टेन नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ । सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउनेछ ।

आइफोन टेनको नेपाली मूल्य तय भएको छ । आधिकारिक विक्रेता ओलिज स्टोरका निर्देशक लोकेस ओलीले दिएको जानकारी अनुसार आइफोन टेन ६४ जिबी भेरियन्टको मूल्य १ लाख ३८ हजार तथा २५६ जिबी भेरियन्टको १ लाख ५९ हजार निर्धारण गरिएको छ ।

सक्कली भ्याट बिल लिएर मात्रै फोन किन्न कम्पनीले आग्रह गरेको छ । एप्पलका उत्पादनहरूमा १ वर्षको वारेन्टी रहनेछ ।

यसभन्दा पहिलाको सिरिजको एलसीडी स्क्रिन टेनमा हटेको छ । यसको डिजिटल डिस्प्ले ओ एल इ डी छ । फेसियल रिकोग्निसनबाट स्क्रिन लाइट अफ गर्न सकिने मुख्य विशेषता रहेको उक्त सिरिजको आइफोनमा होम बटनसमेत हटेको छ ।

५.८ इञ्चको ओएलइडी डिस्प्लेलाई सुपर रेटिना डिस्प्ले भनिइएको छ । पोट्रेट फोटोको विकल्प यसमा सेल्फी खिच्दासमेत पाइन्छ ।

आधिकारिक डिलरहरु इभो स्टोर, ओलीज, फ्यूचर वर्ल्ड आइस्टोर (राइजिङ मल), क्विालिटी कम्प्यूटर (बिर्तामोड), कम्प्यूटर सेल्स सेन्टर (बुटवल), आरपीएल ग्रुप (बिर्तामोड), न्यू एटुजेट मोवाइल हाउस (नारायणगढ) बाट मात्र आइफोन टेन खरिद गर्न सकिने छ ।