काठमाडौँ, ९ मंसिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा केही हेरफेर गरेको छ ।
सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले अन्तर्राष्ट्रिय रूपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने क्रममा मूल्य हेरफेर गरेको प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।
पेट्रोलमा प्रचलित मूल्यमा प्रतिलि दुई रुपियाँ पचास पैसा र डिजेल तथा मट्टितेलमा दुई रुपियाँ घटाइएको छ ।














प्रतिक्रिया