
बस्न्यात विगत २ वर्ष ६ महिनादेखि नेपालबाहिर विभिन्न देशमा बसी नेपालका व्यवसायीहरूलाई धम्क्याई, तर्साइ, आतंकित पारी रकम असुल्ने कार्य गर्दै आएकोमा केही दिन अघि नेपाल प्रवेश गरेको भन्ने विशेष सुराकीको आधारमा साआईबीको टोलीले पक्राउ गरेको बताएको छ ।
बस्न्यात नेकपा एमाले निकट यूवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या प्रकरणका पनि मुख्य योजनाकार रहेको खुलेको छ । २०७३ पौष ४ गते सोमबार रूपन्देही जिल्ला देवदह नगरपालिका खैरहनीमा तिवारीको गोली प्रहार गरी हत्या गरिएको थियो । त्यस्तै गौरीघाट स्थित दिव्या पार्टी प्यालेसको ‘जिम हाउस’को प्रांगणमा दावा लामालाई ३ गोली प्रहार गरी घाईते पारेको घटनामा समेत उनको हात रहेको अनुसन्धानबाट खुलेको छ । लामालाई २०७३ चैत्र २९ गते गोली प्रहार भएको थियो । बस्न्यात तीन वटै घटनाका मूख्य योजनाकार रहेको खुलेको सीआईबीले जनाएको छ ।
दुर्गा तिवारी हत्यामा मनोज पुनले घटनाको सम्पूर्ण जिम्मेवारी लिएतापनि त्यस घटनाको मुख्य योजनाकार समीरमान सिंह बस्न्यात भएको खुल्न आएको छ । दुर्गा तिवारीलाई गोली प्रहार गर्ने लोप्साङ लामा समिरमान सिंह बस्न्यातको मूख्य सहयोगी व्यक्ति भएको सीआईबीले बताएको छ । त्यस्तै, दावा लामालाई गोली प्रहार गरी घाईते बनाएको घटनामा बस्न्यातको योजनामा लोप्साङद्वारा अमर बहादुर रानामगरलाई प्रयोग गरी गोली प्रहार गरेको थिए । गौचनलाई गोली प्रहार गरी हत्या गरेको घटनामा बस्न्यातको योजनामा लोप्साङ लामा र मनोज पुनलगायत अन्य १२ जना गरी जम्मा १५ जना संलग्न भएको सीआईबीको भनाइ छ । बस्न्यात पक्राउ परे पश्चात उक्त समूहको नेतृत्व लोप्साङ लामाले सम्हालेको र आन्तरिक द्वन्द्वका कारण मनोज पुन उक्त समूहबाट अलग्गिएका थिए ।
प्रहरीले बसन्त थेबे र धनराज योङहाङ बस्ने घरको परिसरमा राखिएको फुलको गमला भित्र लुकाई राखेको हतियार २ थान, ८ राउण्ड गोली सहितको ९ एमएमको यूएसपी पेस्तोल १ थान र २ राउण्ड गोलि सहित कटुवा पेस्तोल १ थान बरामत गरेको छ । त्यस्तै, बा ३५ प २४६१ को साईन, बा ४६ प ४८५३ को निलो पल्सर, बा ४४ प ७७८६ को कालो पल्सर गरी ३ थान मोटर साइकल पनि प्रहरीले बरामत गरेको बताएको छ ।
शरद कुमार गौचन हत्याको मूख्य कारण:
प्रारम्भिक अनुसन्धानको क्रममा मृतक शरद कुमार गौचनले संचालन गर्दै आएको डाँफे कन्स्ट्रक्सनमा सेयर दिने भनि गजुरमुखी कन्स्ट्रक्सनका मूख्य लगानीकर्ता कुमार श्रेष्ठ (घैंटे) मार्फत दुई करोड पचास लाख लिएका थिए । उक्त रकममध्य समीरमान सिंह बस्न्यातले १ करोड दाबि गरेका थिए । कुमार श्रेष्ठको मृत्यु पश्चात उक्त सम्पुर्ण रकम बराबरको डाँफे कन्स्ट्रक्सनमा सेयर वा रकम फिर्ता गर्न भनि बस्न्यातले पटक पटक माग गर्दा समेत फिर्ता नगरे पश्चात विवाद उत्कर्षमा पुगेको थियो । बस्न्यातले वीरगञ्जदेखी विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिशन वापतको २ प्रतिशत रकम माग गरेको भएपनि गौचनले बेवास्ता गरेपछि उनको हत्या गरिएको खुलेको छ ।
प्रहरीले गौचन हत्या प्रकरणमा हालसम्म समीरमान सिंह बस्न्यात (मूख्य योजनाकार), बसन्त थेवे, धनराज योङहाङ, राजीव स्याङताङ, प्रकाश बुढाथोकी, शिवजी महतो, मुकेश कुमार पाण्डे र सन्तोष गुरूङलाई पक्राउ गरेको छ । सो प्रकरणमा सामेल रहेका मनोज पुन, लोप्साङ लामा, गंगा प्रकाश लिङदेन, श्याम गोम्बे गुरूङ, अमर बहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा अझै फरार रहेका छन् ।















प्रतिक्रिया