नेपालगञ्ज, १७ मंसिर । नेपाली काँग्रेसका तर्फबाट समानुपातिक उम्मेदवार मञ्जु खाँडमाथि लक्षित गरेर बम विस्फोट गराइएको छ । धनगढीबाट सिराहातर्फ जाँदै गरेको बा ७ च १९५८ न को गाडीमा सवार खाँडलाई लक्षित गरेर कपिलवस्तुको चन्द्रौटा नजिकै विस्फोट गराइएको हो ।
विस्फोट विप्लव समूहले गराएको हुन सक्ने आशंका गरिएको छ । हिजो राति ९.३० को समयमा ठुलो आवाजसहितको विस्फोटले गुडीरहेको गाडीको अगाडीको सिसा फुटेर उम्मेदवार खाँडलाई चोट लागेको छ । चालकको देब्रे साइड अगाडी भागमा बस्नु भएकी खाँडको सीसाले गाला र हातमा चोट लागेको छ । राजमार्गको खुला ठाउँमा गरिएको विस्फोटले आंतकित बनाएको र भाग्यले बाँचेको नेता खाँडले प्रतिक्रिया दिनुभयो ।
सामान्य उपचार र गोरुसिंगे प्रहरी चौकीमा घटना विवरणसहितको निवेदन दिएर खाँड अहिले सिराहा क्षेत्र न ४ मा रहनु भएको छ । घटनाबारे प्रहरीलाई पूर्ण जानकारी गराइदा पनि सञ्चारमाध्यमलाई जानकारी नगराइनु र थप अनुसन्धान प्रक्रिया बारे नप्रष्टयाउनुले खाँड रुष्टसँगै आक्रोशित हुनुहुन्छ ।
नेत्रृ खांण नेपाली कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खांणकी श्रीमति समेत हुनुहुन्छ ।















प्रतिक्रिया