२ कार्तिक २०८३, सोमबार

काठमाडौँ-५ मा ईश्वर पोखरेलको लहर, हजारौंको सहभागितामा ५ किलोमिटर पदयात्रा (हेर्नुस् तस्वीरहरु)

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको पक्षमा काठमाडौँ क्षेत्र नम्बर ५ मा लहर देखिएको छ । काठमाडौँ क्षेत्र नम्बर ५ मा शनिबार आयोजित पदयात्रामा स्वतःस्फूर्त हजारौं नगरबासी सहभागी भए ।

प्रदेश सभा एक अन्तरगत लिच्छवीकालिन राजधानीको वैभावपूर्ण इतिहास बोकेको हाँडीगाउँको गहनापोखरीबाट प्रारम्भ भएको पदयात्राले विभिन्न स्थानहरुको परिक्रममा गर्दै विशालनगरमा पुगेर सम्पन्न भएको थियो ।

एमाले महासचिव तथा यस क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलको उपस्थिति रहेको पदयात्रामा यसक्षेत्रका झण्डै ३ हजार जनताको उपस्थिति रहेको थियो । विभिन्न पेशाकर्मी, बुद्धिजीवी तथा वाम गठवन्धनमा आवद्ध कार्यकर्ताहरुको उल्लेखिय उपस्थिति रहेको र्यालीलाई ठाउँठाउँमा भव्य स्वागत गरेका थिए ।

गैरीधारा, भाटभटेनी मन्दिर हुँदैं हाँडीगाउँको कृष्णमन्दिर, धुम्वाराही पिपलबोट, चण्डोलको उत्तरीभेक हुँदैं र्याली पञ्चकन्या टुसाल, बालुवाटार भएर विशालनगरमा पुगेर सम्पन्न भएको थिए । परम्परागत साँस्कृतिक झाँकी र वाजागाजासहित झण्डै ३ घण्टा निरन्तर चलेको र्यालीले ५ किलोमिटरको दूरी पार गरेको नेता ध्रुव त्रिपाठीले बताए ।

पदयात्रालाई सम्वोधन गर्दै महासचिव पोखरेलले आगामी निर्वाचनपछि बन्ने वामपन्थी नेतृत्वको सरकारले राष्ट्र पुर्ननिर्माणको अभियानलाई प्रारम्भ गर्ने बताए । ‘वामपन्थी नेतृत्वको सरकारको सुनिश्चिता हुँदैंछ, अव त्यही सरकार नै राष्ट्रको पुर्ननिर्माणको प्रस्थानविन्दु हुन्छ’ महासचिव पोखरेलले भने ।

पद्यात्रामा यसक्षेत्रको प्रदेश सभा एक तर्फका उम्मेदवार युवा नेता नारायण सिलवाल तथा समानुपातिक तर्फका उम्मेदवार डा. दिनेशचन्द्र देवकोटा र सीता लामा, निर्वाचन परिचालन कमिटीका संयोजक तथा एमाले केन्द्रीय सदस्य सूर्य थापालगायतको सहभागिता थियो ।

काठमाडौँ पाँचमा को-को ?

काठमाडौँ क्षेत्र नम्बर ५ मा एमाले र काँग्रेसका ‘हेभीवेट’ उम्मेदवार छन् । एमालेका महासचिव ईश्वर पोखरेल यसअघिदेखि नै यसै क्षेत्रबाट लड्दै आएका छन् भने काँग्रेस नेता डा. प्रकाशशरण महत पनि यसपालि यसै क्षेत्रमा चुनाव लड्न आइपुगेका छन् । विवेकशील साझाका उज्जवल थापा पनि काठमाडौँ क्षेत्र नम्बर ५ कै उम्मेदवार हुन् ।

पोखरेल र डा. महतबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । तर, एमाले महासचिव पोखरेल यसपालि निकै बलियो देखिएका छन् । २०५६ सालमा यसै क्षेत्रबाट चुनाव जितेका पोखरेलको जित यसपालि पक्कापक्कीझैं देखिएको छ । गृहजिल्ला नुवाकोटबाट टिकट नपाएपछि काँग्रेस नेता डा. महत चुनाव लड्न यस क्षेत्रमा आइपुगेका छन् । नयाँ भूगोल भएका कारण उनलाई जित्न अप्ठेरो देखिएको छ । अर्कोतर्फ काँग्रेसभित्रको असन्तुष्टि मिलाउन नै उनलाई हम्मेहम्मे परिरहेको छ । पोखरेल भने व्यवस्थित रुपमा चुनाव हाँकिरहेका छन् ।