२९ आश्विन २०८३, बिहिबार

चिनी मिलले पुस १५ भित्र उखु किसानलाई रकम भुक्तानी गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, ८ मंसिर । महोत्तरीको रामनगरमा रहेको एभरेष्ट चिनी मिलले गत वर्ष बाँकी रहेको सम्पूर्ण रकम पुस १५ गतेभित्र भुक्तानी गर्ने भएको छ ।

चिनी मिलको गेटमा शुक्रबारदेखि धर्नामा बस्दै आएका किसानसँग चिनी मिलको प्रधान कार्यालय जनकपुरमा भएको वार्तामा प्रतिक्विन्टल रु ७६ का दरले बाँकी रहेको रकम किसानको खातामा पठाउने सहमति भएको हो ।

उखु उत्पादक किसान सङ्घ महोत्तरी, एभरेष्ट चिनी मिल र पीडित किसानबीच पुस १५ भित्र किसानको बाँकी रहेको सम्पूर्ण रकम बैंकको खातामा पठाउने सहमति भएको एभरेस्ट चिनी मिलका महाप्रबन्धक कृष्णचन्द दासले बताउनुभयो ।

किसानले रकम भुक्तानीको माग गरेर आन्दोलन गर्दै आएका थिए । उनीहरूको आन्दोलनपछि चिनी मिल बाँकी रकम दिन तयार भएको हो ।