२ कार्तिक २०८३, सोमबार

प्रचण्ड र माधव नेपालको मित्रताः एकअर्काको प्रशंसामा एउटै मञ्चबाट कसले के भने?

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, मंसिर १६ । शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याउन महत्वपूर्ण भूमिका खेलेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल शनिबार एउटै मञ्चमा देखिएका छन् । काठमाडौँ–२ मा एकै मञ्चमा दुबै दलका शीर्ष नेताले कसिलो गरी हात बाँधेर मतदातातिर फर्किदैँ अविवादन गर्दा तालीको गडगडाहट केहीबेर सुनिरहेको थियो ।

त्यति मात्र होइन मञ्चबाट दुबैले एकअर्काको प्रशंसा पनि गरे । प्रचण्डले केही दिन अघिदेखि नै नेपालको चुनावी सभामा सहभागी हुने इच्छा भएपनि व्यस्ताका कारण नभ्याएको भन्दै सहभागी भएर मतदातासँग मत माग्न पाएकोमा खुशी व्यक्त गरे । ‘केही दिन अघिदेखि नै म यहाँ आउने तयारीमा थिएँ । प्राविधिक कारणले आउन सकिन,’ प्रचण्डले भने, ‘शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउने मध्येका एक पात्र माधव नेपाल राजनीतिक संकटलाई पार लगाउन सकने क्षमता भएको व्यत्तित्व हुनुहुन्छ ।’

मतदातासँग मत माग्दै करिव एक घण्टा पेप्सीकोला क्षेत्रमा बिताएका प्रचण्डले बाम गठबन्धनका पक्षमा खुलेर मत हाल्न मतदातासँग अपिल पनि गरे । ‘यो क्षेत्रका लागि मात्र होइन नेपालको राजनीतिका लागि पनि आवश्यक व्यक्ति हुनुहुन्छ माधव नेपाल,’ प्रचण्डले भने, ‘यस्तो व्यक्ति तपाईँहरुले प्राप्त गर्नुभएको छ । यो तपाईँहरुको पनि गौरवको कुरा हो ।’

प्रचण्डपछि मन्तव्य राखेका नेपालले पनि प्रचण्डको खुलेर प्रशंसा गरे । ‘हामी दुई फरक–फरक आन्दोलनका प्रतिक हौँ,’ नेपालले भने, ‘अहिले एकै ठाउँ उभिएका छौँ । प्रचण्डजी फड्को हानेर जोखिम मोल्ने अर्थात राजनीतिलाई निर्णायक मोड दिन सक्ने क्षमताको व्यक्ति हुनुहुन्छ ।’

नेपालले त्यसो भन्दा प्रचण्ड केही मुस्कुराएका थिए । ‘उहाँ राजनीतिका लागि कुशल व्यत्तित्व पनि हो,’ प्रचण्डतिर फर्किएर नेपालले भने, ‘हामी एकै ठाउँ छौँ । राजनीतिलाई निर्णायक मोड दिन सक्ने क्षमताका व्यक्ति प्रचण्डजी र हामी एकै ठाउँ भएपछि मुलुक बाममय बन्नेछ ।’ नेपालले त्यसो भन्दा मतदाताले ‘पुसको पहिलो हप्तामा, बाम गठबन्धन सत्तामा, बाम एकता जिन्दावाद’ भन्दै नारा लगाएका थिए ।