२ कार्तिक २०८३, सोमबार

चन्दा नदिएको रिसमा चितवनमा काँग्रेस कार्यकर्ताबाट व्यापारीमाथि आक्रमण, हेर्नुहोस् भिडियो

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर (चितवन), १६ मंसिर । चुनावमा चन्दा नदिएको रिसमा काँग्रेसका कार्यकर्ताहरुले चितवनको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीमाथि आक्रमण गरेका छन् ।

चुनावका लागि चन्दा नदिएकै कारण काँग्रेस कार्यकर्ताहरुले आफ्नो निजी गाडीमा तोडफोड गरेको अध्यक्ष रेग्मीले दैनिक नेपाललाई बताए ।

काँग्रेस कार्यकर्ताहरुले केही समयअघिदेखि चन्दा मागिरहे पनि आफूले दिन इन्कार गरेका कारण यो घटना भएको उनले बताए । ‘केही समयअघिदेखि काँग्रेसका मान्छेहरुले फोन गरेर चन्दा मागिरहेका थिए’ उनले भने, ‘मैले चन्दा के आधारले दिने ? दिनुपर्ने कारण के छ ? भनेर भनेँ । चन्दा नदिएकै कारणले उनीहरुले यो तिकडमबाजी गरे ।’

अध्यक्ष रेग्मीले आफ्नै पसल अगाडि पार्क गरेर राखेको बा १५ च ६३५ नम्बरको कार काँग्रेसका आक्रोशित कार्यकर्ताहरुले तोडफोड हुन् । गाडीमा तोडफोड हुँदा उनी रत्ननगर नगरपालिका–५ झुवानीमा रहेको घरबाट आफ्नो पसलमा आएर सटर मात्रै खोल्न भ्याएका थिए । प्रहरीकै अगाडि दुईजनाले कारमा ढुंगा हानेर भागेको रेग्मीले बताए ।

गाडी तोडफोडमा संलग्न काँग्रेस कार्यकर्ताहरुलाई कारवाही गर्न अध्यक्ष रेग्मीले प्रशासनसँग आग्रह गरेका छन् ।

घटना बारे अध्यक्ष रेग्मीः

भिडियो सौजन्यः प्राइम बोडकाष्टिङ मिडिया ।