२ कार्तिक २०८३, सोमबार

एमालेका नेता झलनाथ खनाल चढेको गाडी नजिकै बम विस्फोट

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १६ मंसिर । पूर्वप्रधानमन्त्री तथा वाम गठबन्धनका तर्फबाट इलाम क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार झलनाथ खनाल सवार नजिकै बम विस्फोट भएको छ ।

खनाल माई नगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेर फर्कंदै गर्दा शुक्रबार साँझ ७ बजे फिक्कल–पशुपतिनगर सडकखण्डको तीनखुट्टेमा बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ । नेकपा (एमाले) इलामले वरिष्ठ नेता खनललाई हत्या प्रयास भएको प्रतिक्रिया दिएको छ ।

विस्फोटबाट कुनै क्षति भने नभएको प्रहरीको भनाइ छ । प्रहरी प्रमुख विपीन कर्मचार्यले खनाल सवार गाडीलाई लक्षित नभई बाटोमुनिको कान्लाबाट विस्फोटको आवाज आएको बताए ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले घटना सामान्य भए पनि विस्फोटमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन खोजी भइरहेको जानकारी दिए ।

उनका अनुसार विस्फोट खनाल सवार गाडीभन्दा १५/२० मिटर पर भएको थियो । जिल्लामा यस्तो घटना हुन नदिन एक भारतीयसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।