३० आश्विन २०८३, शुक्रबार

बङ्गलादेश पुगेका शरणार्थी अल्पसङ्ख्यक ‘रोहिङ्ग्या’ नै हुन् : क्रिश्चियन धर्मगुरु

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढाका, बङ्गलादेश, १६ मंसिर । क्रिश्चियन धर्मगुरु फ्रान्सिस पोपले म्यानमारबाट शरणार्थीका रूपमा बङ्गलादेश पुगेका ठूलो समुदाय मुसलमान अल्पसङ्ख्यक ‘रोहिङ्ग्या’ नै रहेको दावी शुक्रबार गर्नुभएको छ ।

एसिया भ्रमणमा रहनुभएका क्रिश्चियन धर्मगुरुले शरणार्थीलाई ‘रोहिङ्ग्या’ अल्पसङ्ख्यक मान्ने कुरालाई राजनीतिक रूपमा संवेदनशील मानिदै आएको भएपनि पहिलो पटक रोहिङग्याका रूपमा सम्वोधन गर्नुभएको हो ।

“आज भगवान्को उपस्थितिमा उनीहरूलाई ‘रोहिङ्ग्या’ भनिएको छ, ” पोपले हिंसाका कारण छिमेकी म्यानमारबाट बङ्गलादेश आई शरण लिएका अल्पसङ्ख्यक मुसलमान समुदायको विशाल उपस्थितिबीच भावात्तेजक स्वरमा उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “सही कुरालाई निरन्तरता दिऊँ र उनीहरूलाई सहयोग गरौँ । उनीहरूलाई आफ्नो अधिकारको प्रत्याभूत गर्दै सम्मानित नागरिकका रूपमा बाँच्ने अवसरका लागि काम गरौँ ।”

रोहिङ्ग्या शरणार्थीलाई अधिकारको प्रत्याभूत गर्नुपर्नेमा जोड दिँदै धर्मगुरु पोपले भन्नुभयो, “हाम्रा मनलाई नबाँधौँ, उनीहरूलाई अन्यथा नहेरौँ ।”

शरणार्थीसँगको भेटपछि दुखित मुद्रामा पोपले बङ्गलादेश र म्यानमारको भ्रमण महत्वपूर्ण रहेको बताउँनुहुँदै विश्वको ध्यान उनीहरूको अधिकार प्राप्त गराउनका लागि जानुपर्ने उल्लेख गर्नुभयो । – सिन्ह्वा