१ कार्तिक २०८३, आइतबार

उत्कृष्ट ब्याट्री र स्क्रीनसहित सामसङ बीक्सबी ग्यालेक्सीको ट्याव बजारमा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । विश्वकै सबैभन्दा ठूलो एवं विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले ट्याव ए २०१७ नेपाली बजारमा प्रस्तुत गरेको छ ।

जुन मनोरञ्जनको लागि उत्कृष्ट बन्नेछ । ग्यालेक्सी ट्याबए २०१७ पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस हो । यसमा ८ इन्टको डिस्प्ले तथा पूरै दिनभर चल्ने ब्याट्रिको क्षमताले गर्दा तपाइँको इन्टरटेनमेन्टको लागि सम्पूर्ण आवश्यकता पूरा गर्न सक्दछ ।

यो आफैमा एक इन्टरटेनमेन्टको पावर हाउसहो, ग्यालेक्सी ट्यावए २०१७ मा शानदार ८ इन्चको ४८० निट ब्राइट डिस्प्ले रहेको छ । जसले गर्दा बाहिर घाममा पनि सहजै रुपमा देख्न सकिन्छ ।

लामो समयसम्म चल्ने ५००० एमएएच व्याट्री जसले मल्टीमिडिया प्रयोग गर्दा पनि १४ घण्टसम्म निरन्तर चलाउन सकिन्छ ।

ग्यालेक्सी ट्याव ए २०१७मा सामसङगको उत्कृष्ट फिचर बिक्सबी होम पनि समावेश गरिएको छ । उपभोक्ताहरुले कुनै एप नै नखोली एक स्वाइपका भरमा ट्यावमा कुनै पनिकुरा सहजै खोज्न सक्ने छन् ।

बिक्सबीले रुटिन जान्दछ र आवश्यक भएको कन्टेन्ट तत्काल उपलब्ध गराउँदछ । यसको प्रयोगबाट उपभोक्ताको समय र स्थानको आधारमा के चाहिएको छ त्यो कुरापनि यसले आफै पहिचान गर्दछ ।

सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले उपभोक्ताद्वारा प्राप्त भएको कयौं फिडब्याकहरुलाई ध्यानपूर्वक मनन गरी उपभोक्ताहरुको चाहना र आवश्यकतालाई पूरा गर्ने खालको उपकरण तयार गर्नमा केन्द्रिंत रहेको बताए ।