१४ कार्तिक २०८३, शनिबार

चुनावपछि फेरि पनि म नै हो प्रधानमन्त्रीः शेरबहादुर देउवा

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, १५ मंसिर । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनपछि फेरि आफ्नै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

पार्टीका उम्मेदवारको पक्षमा चुनाव प्रचार प्रसारमा सिरहा १ मा पर्ने भगवानपुर चोकमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनपछि आफ्नै नेतृत्वमा सरकार बन्ने दाबी गरे । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

उनले वामपन्थीलाई रोज्ने हो भने देशमा तानाशाह र अधिनायकवाद आउने भएकाले लोकतन्त्र रक्षाका लागि कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनको पक्षमा जनमत सिर्जना भइरहेको बताए ।

सिरहा १ मा बौद्धिक नेता प्रदीप गिरीलाई जिताएर पठाउनुस् भन्दै निर्वाचन पछि बन्ने सरकारले सिराहामा ठूलो उद्योग स्थापना, बलान नदीमा तटबन्ध, ठाडी लहान सडक निर्माण, कृषि विश्वविद्यालय एक वर्षभित्र सुरु हुने विश्वास दिए । उनले अब बन्ने सरकारमा प्रदीप गिरीले महत्वपूर्ण मन्त्रालय पाउने घोषणासमेत गरे ।

मधेसी जनताको माग अनुसार नेपाली काँग्रेसको सरकारले फेरि संशोधन विधेयक ल्याएर संविधान सम्बोधन गर्ने भन्दै प्रधानमन्त्री देउवाले एमालेलाई मधेसको शत्रु भएको आरोप लगाए ।

सत्ता स्वार्थका लागि बनेको वाम गठबन्धनको सरकार बनाउने सपना पूरा नहुने भन्दै उनले मधेसी जनताले मधेसवादीभन्दा कांग्रेसलाई पत्याएकाले प्रदेश २ मा कांग्रेस ठूलो पार्टी हुने दाबी गरे ।