काठमाडौं, १५ मंसिर । अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेको इकमर्स सामाजिक सञ्जाल सगुनमा लगानी गर्न केही समय बाँकी रहदा विदेशमा बसेका नेपाली उत्साहित देखिएका छन् ।
लगानीकर्ताले आफूले कमाएको रकमको केही हिस्सा भविष्यका लागि सगुनमा लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । कुवेतमा बस्दै आएका माधव शाहीले आफू उत्साहित भएर सगुनमा लगानी गरेको बताए । ‘सूचना र प्रविधिको युगमा नेपालीले सुरु गरेको कम्पनीमा हामीले लगानी गर्नु पर्छ’, उनले भने ।
सगुनले विदेशमा छरिरहेका नेपालीलाई जोड्ने उनीहरुको भनाइ छ । ‘मैले ५ हजार डलर जति सगुनमा लगानी गर्ने योजना बनाएको छु’, रसियामा बस्दै आएका प्रकाश पलले भने । विदेशमा बसेका नेपाली फेसबुक, ट्वीटर जस्तै सम्भावना भएको सगुन नेपालीले विकास गरेको भन्दै लगानी गर्न निकै उत्साहित देखिएका हुन् ।
सगुनले लगानी जुटाउन दोस्रो चरणको मिनी आइपिओ जारी गरेको छ । अमेरिकाको पूँजी बजारको इतिहासमा ८० बर्षपछि पहिलो पटक सगुनमा सर्वसाधारणले लगानी गर्ने अवसर पाएका छन् ।
सगुनले मिनी आइपिओमार्फत् दुई करोड डलरको सेयर विक्री गर्ने योजना बनाएको छ। हरेक व्यक्तिले २३ डलर प्रतिकित्ताका दरले कम्तीमा १ हजार डलरको सेयर किन्न सक्छन् । सगुनले अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन ९एसइसी० बाट अनुमति लिएर मिनी आइपिओ जारी गरेको हो ।
सगुनलाई अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन (एसइसी) ले ‘जब्स एक्ट’ अनुसार मिनि आइपीओ निस्कासन गर्ने अनुमति दिएको थियो । मिनी आइपीओ भविष्मा राम्रो प्रगति गर्ने सम्भावना भएका कम्पनीलाई विकासको चरणमा आवश्यक पर्ने रकम जुटाउन सेयर निस्कासन गर्न दिइने अनुमति हो। यसमा थोरै आम्दानी भएका व्यक्तिहले समेत लगानी गर्ने अवसर पाउँछन् ।
सगुनका संस्थापक गोविन्द गिरीले आगामी ५ बर्षभित्र सगुन १० अर्ब डलरको कम्पनी बन्ने दाबी गरे । त्यतिखेर कम्पनीमा १ हजारभन्दा बढी कर्मचारी हुने उनको प्रक्षेपण छ। त्यतिखेर सगुनले बार्षिक २ करोड डलर बार्षिक आम्दानी गर्ने उनको विजनेस प्लानले बताउँछ । युजरको संख्या पनि १ करोड नाघ्ने उनको अनुमान छ ।
सेयर किन्न चाहनेले www.sagoon.com/invest मा दिइएको फर्म भरेर बैकबाट वायर गरेर वा डेबिट क्रेटिड कार्ड मार्फत समेत लगानी गर्न सक्छन् ।
अमेरिकी कम्पनीमा लगानी गर्न मिल्ने संसारभरबाट बैकमा खाता हुने लगानीकर्ताहरुले आफ्नो क्रेडिट-डेविट कार्डमार्फत लगानी गर्न सक्नेछन । नेपालबाट भने विदेशी कम्पनीमा लगानी गर्न कानुनले दिँदैन तर विदेशमा रहेका तथा बैंक खाता भएका नेपालीले भने लगानी गर्न सक्नेछन् ।















प्रतिक्रिया