२ कार्तिक २०८३, सोमबार

मन्त्री बस्नेतसहित ५ जनालाई कारवाहीका लागि सिफारिस

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी

सल्यान, १४ मंसिर । नेकपा माओवादी केन्द्र सल्यानले विनाविभागीय मन्त्री टेकबहादुर बस्नेतलाई कारबाहीका लागी सिफारिस गरेको छ । यस्तै उनीसहित ५ जना पोलिटब्युरो सदस्यलाई पनि कार्बाहीका लागि सिफारिस गरेको छ ।

‘नेकपा एमाले, नेकपा माओबादी केन्द्र लगाएतका बाम दलहरु सहितको बाम गठबन्धनको मुलभाब तथा महत्व ठिक भएको स्वीकार गर्छौ तर सल्यानमा पार्टी विभाजित गर्ने गतिविधिमा प्रत्यक्ष संलग्न भएको भन्दै उनीहरुलाई र्काबाहीको सिफारिस गरेका हौँ’– बिहीबार सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गरी पार्टीका संयोजक कर्ण बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

यसरी र्काबाहीका लागी सिफारिसमा परेकाहरुमा माओबादी केन्द्र सचिवालय सदस्य तथा बाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बस्नेत, पोलिटब्युरो सदस्यहरु नेव बहादुर कवर, कृतिबहादुर पुन, रमेश मल्ल, र रत्न बहादुर ओलि रहेका छन् । उनीहरुलाई पार्टी विद्यान बमोजिम हदै सम्मको कार्बाहीका लागि केन्द्र र प्रदेशमा सिफारिस गरेको बुढाथोकीले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।

यस्तै केन्द्रिय महाधिबेशन आयोजक समिती सदस्यलाई कार्बाही गरिएको जानकारी दिनु भयो । पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरि कार्बाही गरेका छौँ उहाँले भन्नु भयो । यसअघि सचिवालय सदस्यहरुलले जिल्ला संयोजक कर्ण वहादुर वुढाथोकीलाई जिल्ला संयोजक वाट हटाउन र कार्वाहीका लागी प्रदेश कमीटी र पार्टी केन्द्र लाई सिफारीस गरि उनको ठाउँमा निम वहादुर केसी लाई संयोजकको जिम्मेवारी दिएको थियो ।

यता केहि दिन अघि माओवादी केन्द्रका सचिवालय सदस्यहरुले सदरमुकाम खलंगामा पत्रकार संमेलन गरि पोलिटव्युरो सदस्य तथा जिल्ला संयोजक कर्ण वहादुर वुढाथोकी छहारी लाई जिल्ला संयोजक वाट हटाउन र कार्वाहीका लागी प्रदेश कमीटी र पार्टी केन्द्र लाई सिफारीस गरेका थिए । बुढाथोकी सहित केन्द्रिय सदस्यहरु ज्ञान बहादुर वली र टिकाराम वलीलाई कारवाहिको लागी मंसिर ९ गते प्रदेश र केन्द्रिय समितिमा सिफारिस गरेको थियोे ।

यसै सन्दर्भमा माओवादी केन्द्रका ६ नम्बर प्रदेश ईन्चार्ज शक्ती बस्नेतसंग कार्बाहीका बिषयमा बुझ्दा प्रदेश कमिटीले बुढाथोकी सहित ३ जनालाई कार्बाहीका लागी आएको सिफारिस प्रदेश कमिटी बाट अनुमोदन गरेको जानकारी दिनु भयो ।