२ कार्तिक २०८३, सोमबार

सरकारले किन दियो अचानक सार्वजनिक बिदा ? यस्तो छ खास कारण

61.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ मंसिर । सरकारले शुक्रबारका लागि अचानक सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मुस्लिम धर्माबलम्बीहरुका गुरु हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वेसल्लमको जन्म दिन (बाह्र रव्विउल) को अबसर पारेर सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको हो । अलैहे वेसल्लमको जन्म दिनमा बिदा दिइएको यो पहिलो हो । नेपालमा मुश्लिम समुदायभित्र पनि सुन्नी मुस्लिमले मात्र यो पर्व मनाउँछन् । जुन संख्या निकै न्यून छ । सरकारी क्लालेण्डरमा यो बिदा उल्लेख थिएन् । ‘यो सरासर मुस्लिम समुदायको भोट लिने सरकारी दाउ देखिएको छ । नत्र पहिलोपटक बिदा दिइनुको कुनै अर्थ थिएन् । नेपालमा यो पर्व मनाउने मुस्लिम समुदाय निकै न्यून छ । सार्वजनिक बिदा नै दिनुपर्ने कुनै जरुरी थिएन् ।’- मुस्लिम समुदायका एक अगुवाले दैनिक नेपालसँग भने । समुदायभित्र आलोचना हुने डरले उनले आफ्नो नाम भने खुलाउन चाहेनन् ।

सरकारले क्रिश्चियन धर्माबलम्बीहरुको चाड क्रिसमशको अवसरमा पनि आगामी डिसेम्बर २५ तारिखका दिन बिदा दिने निर्णय गरेको छ । २५ डिसेम्बर आगामी पुस १० गते सोमबार पर्छ । सो दिन पनि सार्वजनिक विदा हुने भएको हो ।

यसैगरी, नेपाल सरकारले पुस २७ गते पनि पृथ्वी जयन्तीको अवसरमा पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रपरिषदको बैठकले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । राप्रपाको दबाबमा यो निर्णय गरिएको बताइएको छ ।

काँग्रेसका तत्कालिन सभापति समेत रहेका गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०६३ सालमा पृथ्वी जयन्तीको बिदा कटौती गरेको थियो । जुन निर्णय उनै कोइरालाका चेला शेरबहादुर देउवाले उल्टाएर सार्वजनिक बिदा दिने निर्णय गराएका छन् । यो निर्णयका पछाडि पनि भोट बढाउने दाउ नियत देखिएको छ । सरकारले एक दिन अगाडिमात्रै निर्णय गरेर बिदा दिन सक्थ्यो, तर चुनावको मुखमा क्रिसमस र पृथ्वीजयन्तीको निर्णय गरिनु अर्थपूर्ण रहेको छ । सरकारले यसअघि छठमा पनि मधेशी समुदायलाई प्रभावित पार्ने गरी एक दिन बिदा थपेको थियो ।

अब शुक्रबारदेखि लगातार ३ दिन सार्वजनिक विदा परेको छ । शनिवार नियमित सार्वजनिक विदा र आइतवार उधौली पर्व परेकाले यस्तो विदा परेको हो ।