काठमाडौँ, १४ मंसिर । वैदेशिक रोजगारमा पठाइ दिन्छु भन्दै ठगी गरेर फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले वैदेशिक रोजगार ठगी मुद्दाका आरोपी शंकर लामालाई पक्राउ गरेको हो ।
लामाले लमजुङ आरीकोशी–८ बस्ने यज्ञ प्रसाद घिसिङसहित १० जनालाई वैदेशिक रोजगारीको लागि युक्रेन लगिदिन्छु भनी २०६५ बैशाख २५ गते ६ लाख रुपैयाँ लिई थाईल्याण्डसम्म पु-याई अलपत्र अवस्थामा छोडेका थिए ।
अदालतले २०६७ साल असार ६ गते फैसला गर्दै काठमाण्डौँ–१ नक्साल बस्ने ५४ वर्षीय लामालाई ‘वैदेशिक रोजगार ठगी’ मुद्दामा १ बर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैया जरिवाना सुनाएको थियो । लामा हालसम्म फरार रहेको थिए । उनलाई सीआईबीको टोलिले गत मंसिर १३ गते नक्सालबाट पक्राउ गरेको हो । काठमाण्डौ जिल्ला अदालतमा पेश गरिएका लामालाई अदालतको आदेशमा कैद भुक्तानको लागि डिल्लीबजार कारागार पठाइएको सीआईबीले जनाएको छ ।















प्रतिक्रिया