काठमाडौँ, ८ मंसिर । सोमबार बिहानैदेखि राजधानीवासी सर्वसाधारण र यात्रुले हैरानीको सामना गर्नुपर्यो ।
सार्क शिखर सम्मेलनको सुरक्षा तयारीको रिहर्सलका नाममा सरकारले राजधानीको सवारी आवागमन अस्तव्यस्त बनाएपछि त्यसको हैरानी सर्वसाधारणले खेप्नु परेको हो ।
विशिष्ठ अतिथिको स्वागतको पूर्वाभ्यासका लागि सुरक्षा निकायले सोमबार बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्मको मुख्य सडक नियन्त्रणमा लिएको थियो ।
पूर्वाभ्यासका क्रममा त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्मको बीचमा पर्ने तीनकुने, बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, टेकु, कालिमाटी क्षेत्रका सडक सर्वसाधारणका लागि प्रतिवद्ध भए ।
त्यति मात्र होइन मुख्य सडक किनाराका घरहरुमा झ्याल खोल्न समेत सरकारले नदिएपछि केही घण्टा घरमा बसेका सर्वसाधारण समेत नजरवन्दमा परे ।
कार्यालय समयमा गरिएको पूर्वाभ्यासले हजारौं सर्वसाधरण सवारी जाममा घण्टौँ बस्न बाध्य भए ।
सोमाबारदेखि नै लागू भएको जोर विजोर प्रणालीको मार खेपिरहेका सर्वसाधारमाथि रिहर्सलको अर्को सास्ती थपिएपछि सर्वसाधार बढी चिन्तित देखिन्थे ।
















प्रतिक्रिया