२ कार्तिक २०८३, सोमबार

प्रहरी कार्यालयमै वृद्धाले गरे आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ८ मंसिर । गत असोज २२ गते तनहुँको किहूँ गाविस–४ निवासी ३० वर्षीय अमृता नेपालीको हत्या गरेको आरोपमा पक्राउ परेका यहाँका एक व्यक्तिले सोमबार बिहान प्रहरी कार्यालयमै आत्महत्या गरेका छन् ।

गाउँलेले दिएको किटानी जाहेरीका आधारमा सोही वडा निवासी ६४ वर्षीय लेखनाथ उपाध्यायलाई कात्तिक ३ गते पक्राउ गरेकोमा सोमबार बिहान करिब ३ बजे शौचालय गएका उनले शौचालयमै आत्महत्या गरेका हुन् ।

उपाध्यायले शौचालयको भेन्टिलेसनमा आफूले गलामा लगाएको गलबन्दीको पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका मुद्दा फाँटका प्रहरी नायब निरीक्षक मोहनकुमार खड्काले जानकारी दिनुभयो । रासस