कञ्चनपुर, ८ मंसिर । गाली गरेको भन्दै एक समूहले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिलकपुरका २१ वर्षीय खगेन्द्र ठकुराठीलाई खुकुरी प्रहार गरी घाइते बनाएको छ ।
भीमदत्त नगरपालिका–७ हल्दुखालका दामोदर अधिकारी, ज्ञानु रावललगायतको समूहले गाली गरेको भन्दै ठकुराठीलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक विश्व निरञ्जन प्रधानले गएराति हल्दुखाल क्षेत्रमा ठकुराठीको पेटमा खुकुरी प्रहार गरी घाइते बनाएको जानकारी दिनुभयो ।
ठकुराठीको पेटमा गहिरो घाउ भएपछि महाकाली अञ्चल अस्पतालमा उपचार सम्भव नहुने भएपछि सिफारिस गरिएको अस्पताल स्रोतले जनाएको छ ।
खुकुरी प्रहार गर्ने भीनपा–७ हल्दुखालका दामोदर अधिकारीलाई सोही राति नै पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान र फरारको खोजी भइरहेको छ ।















प्रतिक्रिया