२ कार्तिक २०८३, सोमबार

कसमा हुन्छ बढी यौन इच्छा ?

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । किशोरावस्थामा पुगेपछि मानिसमा यौनइच्छा जागरुक हुन्छ । उचित समय, परिस्थिति र व्यक्तिको उपस्थितिमा यो इच्छा यौनसम्पर्कमा परिणत हुन सक्छ । तर यौनसम्पर्कको चाहनाका बारेमा समाजमा विभिन्न किसिमका धारणहरु विद्यमान छन् ।

अहिले सम्मको खोजहरुको निष्कर्षमा के भनिएको छ भने पुरुषहरुको यौनइच्छा स्थिर रहन्छ । तर महिलाको यौनइच्छा भने उसको महिनावारिको समयअनुसार फरकफरक हुन्छ । अनुसन्धानहरुद्धारा पत्ता लगाइएको छ कि महिलाको महिनावारि भएको पहिलो र तेस्रो हप्ता यौनउत्तेजनाको दृष्टिकोणबाट सहज अवस्था हो भने बाँकी हप्ता भने उसको लागी यौनउत्तेजना उत्पन्न गराउन केहि असहज समय भनेर मानिन्छ । यसको कारक तत्व भने रागरसहरुको उत्पादन र त्यसको प्रभाव नै मानिएको छ ।

केहि केटिहरुमा किशोरावस्थाको पूर्वावस्था (१०–१४ वर्ष) मा यौनचाहना सुषुप्त रुपमा रहन्छ भने मध्यकिशोरावस्थामा (१५–१७ वर्ष ) यौन चाहना पूर्ण रुपमा सक्रिय हुने हुन्छ । तर यही उमेरका किशोरहरु भने किशोरहरुको तुलनामा केहि बढी भावुक हुने, यौन चाहना तिर भन्दा बढी सम्बन्ध विस्तार तिर ध्यान दिने भएकोले समाजमा केटाभन्दा बढी केटीको यौन चाहना बढी हुन्छ भन्ने धारण फैलिएको हो । हाम्रो समाजमा यस अवस्थाका केटीहरु आफनो चाहना पूर्ण रुपमा बाहिर ल्याउन सक्तैनन् । उनीहरु आफनो चाहनालाई दबाएर राख्छन् र प्रत्यक्ष रुपमा आफ्नो इच्छालाई अगाडी आउन दिँदैनन् । १५ देखि १७ वर्षका किशोरावस्थाका केटीहरु शृंगार सामाग्रीको प्रयोग गर्ने,समुहमा आफुलाई सबैभन्दा राम्रो देखाउने,सफासुग्घरमा बढी ध्यान दिने जस्ता क्रियाकलापहरु गर्ने गर्दछन् । समय परिस्थिति र आफु बस्ने समाजको मुल्य मान्यता रहनसहन अनुसार व्यक्तिहरुमा यौन चाहना फरकफरक हुन्छ । त्यसैले केटा वा केटीमध्ये कसलाई बढी यौनचाहना हुन्छ भन्न गाह्रो छ । – हेल्थ टुडे