२ कार्तिक २०८३, सोमबार

नवलपुरमा काँग्रेस र वाम गठबन्धनबीच झडप, ६ जना घाइते, २ को अवस्था गम्भीर (तस्वीरसहित)

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कावासोती, १३ मंसिर । नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं. ६ बरुवामा नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।

मंगलबार राति भएको झडपमा दुवै तर्फका कार्यकर्ता भएका छन् । झडपमा ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा कांग्रेस मध्यविन्दु नगर समितिका सभापति दुमन भण्डारी, नुमाकान्त भण्डारी र अरुण भण्डारी रहेका छन् ।

एमाले मध्यविन्दु नगर कमिटीका अध्यक्ष दुर्गा भुर्तेल, श्याम पौडेल र विजय भुर्तेल पनि घाइते भएका छन् ।

घाइते भएकामध्ये कांग्रेस नगरसभापति भण्डारी र एमाले नगर अध्यक्ष भुर्तेलको अवस्था चिन्ताजनक छ ।

भण्डारीलाई कालीगण्डकी अस्पतालमा उपचारपछि थप उपचारका लागि भरतपुर मेडिकल कलेज चितवन रिफर गरिएको अस्पतालले जनाएको छ ।

एमालेका घाइते कार्यकर्ताहरुको मध्यविन्दु अस्पताल डण्डामा उपचारपछि थप उपचारका लागि चितवनको भरतपुर पठाइएको एमाले नवलपुरले जनाएको छ ।

नवलपुर प्रहरी प्रमुख दीपेन्द्र जिसीका अनुसार दुई पक्षबीच झडप भएको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय नवलपुर र चोरमाराबाट सशस्त्र प्रहरी पुगेर स्थितिलाई नियन्त्रणमा लिएका थिए ।

नवलपुरमा प्रहरीले थप झडप हुन नदिन गस्ती बढाएको जनाएको छ ।