काठमाडौँ, १२ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपालका ग्रामिण भेगका जनताको जीवनस्तर सुधार गर्न साना तथा मझौला व्यवसायी कर्जा प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
ग्लोबल आइएमई बैंकले जर्मन सरकारको आर्थिक सहायता अन्तर्गत केएफडब्लु डेभलपमेन्ट बैंक (KFW Development Bank), नेपाल सरकार अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग दिगो तथा ग्रामिण विकास कार्यक्रमअन्तर्गत नेपालका ग्रामिण भेगको जनताको जीवनस्तर सुधार्नका लागि ग्लोबल आइएमई बैंकमार्फत साना तथा मझौला व्यवसायी कर्जा प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पश्चात केएफडब्लु डेभलपमेन्ट बैंकको बित्तीय तथा प्राविधिक सहयोग मार्फत नेपालका ग्रामिण भेगका उद्यमी व्यवसायीलाई लक्षित गरी ग्लोबल आइएमई बैंकले सर्वसुलभ रुपमा साना, मझौला तथा कृषि कर्जा उपलब्ध गराउनेछ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।















प्रतिक्रिया