५ कार्तिक २०८३, बिहिबार

यती एयरलाइन्सद्धारा यात्रु सेवाको लागि प्रयोग नहुने विमान क्यानलाई हस्तान्तरण

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । यति एयरलाइन्सले आफूसँग भएको यात्रु सेवाको लागि प्रयोग नहुने बीएई प्रणालीको जेटस्ट्रिम ४१ (सिरियल नं. ४१०१७) लाई भैरहवास्थित गौतमबुद्ध विमानस्थलअन्तर्गतको उद्धार तथा अग्नि निवारणको दैनिक अभ्यास प्रयोजनार्थ हस्तान्तरण गरेको छ ।

नागरिक उड्डयन प्राधिकरण नेपालले उक्त विमानलाई अग्नि नियन्त्रण तथा आकस्मिक उद्धार तालिमको लागि प्रयोग गर्ने बताइएको छ । यस्ता विमान प्रयोग गरि प्रदान गरिने तालिमले नेपालका नागरिक उड्डयन क्षेत्रका सरोकारवाला तथा यात्रुहरुलाई फाइदा पुग्ने यति एयरलाइन्सले विश्वास व्यक्त गरेको छ ।

सोमबार एक औपचारिक कार्यक्रमकाबीच विमान हस्तान्तरण गरियो । यति एयरलाइन्सका ग्राउण्ड ह्याण्डलीङ्ग मेनेजर अंकुर जंग राणाले गौतमबुद्ध विमानस्थल ना.उ. कार्यालयका प्रमुख शिशिल चित्रकारलाई उक्त विमान हस्तान्तरण गर्नुभयो ।

उडान कार्यका अतिरित्त यति एयरलाइन्स देशका नागरिक उड्डयन क्षेत्र तथा समाजको उत्थानका लागि हरदम सक्रिय र प्रतिबद्ध रहेको राणाले बताए ।

स्मरणीय के छ भने यसभन्दा पहिले नेपालमा कुनै पनि निजी विमान कम्पनीद्धारा यस्ता विमानहरु सार्वजनिक हितका लागि हस्तान्तरण गरेका थिएनन् ।