२ कार्तिक २०८३, सोमबार

ओली र प्रचण्डका अगाडि नवराज सिलवालले भने- कांग्रेसलाई देशबाटै विस्थापित गर्नुपर्छ

6.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । वाम गठबन्धनका तर्फबाट ललितपुर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नवराज सिलवालले नेपाली कांग्रेसलाई देशबाटै विस्थापित गर्नुपर्ने बताएका छन् ।

लगनखेलमा वाम गठबन्धनद्वारा मंगलबार आयोजित चुनावी सभामा सिलवाल कांग्रेसप्रति आक्रमक रुपमा प्रस्तुत भएका सिलवालले कांग्रेसलाई देशबाटै विस्थापित गर्नुपर्ने बताए । सभामा गठबन्धनका शीर्ष नेता केपी ओली र प्रचण्ड उपस्थित थिए ।

‘हामीले कांग्रेसलाई २०४७ सालदेखि झेल्दै आएका छौँ । २३ वर्ष ब्यहोर्यौँ अब हामी देखाउन चाहन्छौँ विकास कसरी गर्ने भनेर,’ सिलवालले भने, ‘उहाँहरु ५ वर्ष सत्ता बाहिर बसेर हामीले गरेको विकास हेर्न तयार भएर बस्दा हुन्छ ।’

कांग्रेसले भ्रष्टाचार गर्नुपर्छ, लुट्नुपर्छ भन्ने अधिनायकवादी सोच र कार्यशैली बोक्ने आरोप लगाउँदै सिलवालले भने, ‘न्यायपालिका खण्डित गरेर जनतालाई शोषण गर्न चाहन्छ कांग्रेस, गाउँ र सहरलाई खण्डित गरेर आफ्नो महल ठड्याउन चाहन्छ कांग्रेस ।’
उनले सम्बोधनको अधिकांश समय कांग्रेसको आलोचना गरेका थिए ।