१४ कार्तिक २०८३, शनिबार

को बन्ला प्रचण्डको स्वकीय सचिव ?

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । प्रचण्डको स्वकीय सचिवको जिम्मा कसलाई दिने होला भन्ने प्रश्न यतिबेला जटिल रुपमा उठेको छ ।

प्रचण्डको राजनीतिक भविष्यलाई साथ दिने र गोप्यता पनि कायम गर्ने व्यक्तिको खोजी भइरहेको छ । साँघु साप्ताहिकले समाचार छापेको छ ।

माओवादी स्रोतका अनुसार स्वकीय सचिवको जिम्मा दिन सकिने एकजना व्यक्तिमा समिर दाहालको नाम आएको छ ।

तर, दाहाल राजनीतिमा भन्दा पनि व्यापारमा बढी केन्द्रित भएकाले उनलाई स्वकीय सचिव बनाउन नहुने मत छ ।

त्यसपछि अर्को व्यक्तिमा प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्यको नाम पनि आएको छ । तर, उनी मोरङबाट प्रदेशसभा सदस्यका लागि निर्वाचन लड्दै छन् र जसले गर्दा आचार्य पनि तत्काल स्वकीय सचिवको जिम्मा लिने अवस्थामा छैनन् ।

निर्वाचन अघि प्रचण्डको स्वकीय सचिवको जिम्मा दिइहाल्ने अवस्था देखिएको छैन । केहीले राजनीतिक बुहारी सिर्जना वा सल्लाहकार भूमिकासहितमा कुशल श्रेष्ठलाई बनाउन सकिने सुझाव पनि दिएका छन् । उनी पहिला पनि केही समय प्रचण्डको सचिवालयमा काम गरेका थिए ।

प्रकाशले खास नरुचाएका कारण शिव खकुरले प्रचण्डको सचिवालयमा नपर्न पनि सक्ने माओवादी नेताहरूको भनाइ छ ।