५ कार्तिक २०८३, बिहिबार

‘यामाहा सिभिल मल दशैं तिहार महोत्सव’ सम्पन्न, ३ जनाले पाए बाइक र स्कुटर उपहार

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । सिभिल मलद्वारा विजया दशमी र दीपावली २०७४ को उपलक्ष्यमा आयोजित प्रवर्द्घनात्मक कार्यक्रम ‘यामाहा सिभिल मल दशैं तिहार महोत्सव २०७४’ सम्पन्न भएको छ ।

गत भदौ २४ देखि कात्तिक १८ सम्म सञ्चालित कार्यक्रम अन्तर्गत रु एक हजार वा सोभन्दा बढी रकम बराबरको सामान खरिद गर्ने ग्राहकमध्येबाट ३ जनाले यमाहाको उत्पादनहरु प्राप्त गरेका छन् । विजेताहरुमध्ये बुटवलका विजय राणाले Yamaha FZ25, बालाजुका असीम कोइरालाले Yamaha Fascino र गोंगबुका शक्ति थापाले Yamaha RayZ प्राप्त गरे ।

गोलाप्रथाबाट चयन गरिएका अन्य विजेताहरुले एलजीको स्मार्ट टीभी, आस्रीको हीराको हार, मोबाइल फोनहरु, आइरन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, वाशिङ मेशिन, रेफ्रिजरेटर, एलजीको एलसीडी टीभी प्राप्त गरे ।

कार्यक्रम अवधिभर ३५,००० कुपन वितरण गरिएको थियो । ७ वर्षअघि सञ्चालनमा आएदेखि विभिन्न अवसरमा निरन्तर यस्तो कार्यक्रम गर्दै आएको सिभिल मलले कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्ने प्रायोजकहरु र मलका स्टोरहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।